Friday, March 29, 2024

-->

प्रदेश १ मा अपेक्षाभन्दा कम मत खस्यो : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षाभन्दा कम मतदान भएको बताएको छ।

प्रदेश १ मा अपेक्षाभन्दा कम मत खस्यो  निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षाभन्दा कम मत खसेको बताएको छ। आयोगले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश १ मा अपेक्षाभन्दा कम मात्रै मत खसेको बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मधेश प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको पाइएको बताए। उनले अन्य प्रदेशमा भने १/२ प्रतिशत अझै बढ्नसक्ने अनुमान आयोगको रहेको बताए।

उनले आज पूर्ण रूपमा मतदान सकिएका स्थानमा तराईका र काठमाडौंलगायतका केही स्थानमा आइतबार रातिबाटै मत गणना हुने बताए।

"बढी मत खस्ने अपेक्षा गरिएको प्रदेश १ मा कम मत खसेको देखिन्छ," उनले भने, "मधेश प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको देखिन्छ। अन्यत्रको हकमा १/२ प्रतिशत अझै बढ्नसक्छ।"


सम्बन्धित सामग्री