Thursday, April 25, 2024

-->

जसपाको घोषणापत्र : पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री (पूर्णपाठ)

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संसद् र प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रमुख पार्टीकाे मुख्य एजेण्डा भएको जसपाले जनाएकाे छ।

जसपाको घोषणापत्र  पूर्णसमानुपातिक संसद् प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री पूर्णपाठ

काठमाडौँ— जनता समाजवादी पार्टी (जसपा)ले आसन्न निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले शनिबार काठमाडौँमा घोषणापत्र सार्वजनिक गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संसद् र प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रमुख आफूहरूको मुख्य एजेण्डा भएको बताए। यस्तै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री हुने घोषणापत्रमा उल्लेख छ।

जसपाले घोषणापत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ। त्यस्तै कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने जसपाको बाचा छ। राजनीतिज्ञ र विषेशज्ञमध्येबाट राष्ट्रपतिले मन्त्री नियुक्त गर्नेलगायतका योजना छन्।

पूर्व–पश्चिम लोकमार्गलाई चार लेन बनाउने, केरुङबाट भारत जोड्ने उत्तर-दक्षिण रेल मार्ग तथा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ। 


सम्बन्धित सामग्री