Thursday, April 25, 2024

-->

माओवादीको प्रतिबद्धता: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरिने (पूर्णपाठसहित)

माओवादीले निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने वाचा पनि गरेको छ।

माओवादीको प्रतिबद्धता प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरिने पूर्णपाठसहित

काठमाडौँ– नेकपा माओवादी केन्द्रले आफ्नो पुरानो मुद्दालाई ब्यूँताउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरिने वाचासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता जारी गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरूले संयुक्तरूपमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा माओवादीले  प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था गर्ने वाचा गरेको हो।

प्रतिबद्धतापत्रमा भनिएको छ, “राष्ट्रपति र प्रदेश प्रमुखको निर्वाचन देश र सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने व्यवस्था गरिने छ।”

यसअघिको आमचुनावमा नेकपा एमालेसँग तालमेल गरी साझा घोषणपत्र जारी गर्दा माओवादी यो विषयमा मौन रहेको थियो। तर, एमालेसँगको एकता ३ वर्षमै भंग भएपछि माओवादीले यो मुद्दालाई चुनावी अजेण्डा बनाएको हो।

माओवादीले निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने वाचा पनि गरेको छ। “प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जातीय जनसंख्या (क्लस्टर)को आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गरिनेछ। क्लस्टरमा खसआर्य, आदिवासी जनजाति, दलित, मधेसी–तराई समुदाय, थारू, मुस्लिम रहनेछन् र सम्बन्धित क्लस्टरमा ३५ प्रतिशत महिला प्रतिनिधित्व हुनेछ। मजदुर र किसानलाई कम्तीमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनेछ,” घोषणापत्रमा भनिएको छ।

यस्तो छ माओवादीको प्रतिबद्धतापत्र:


सम्बन्धित सामग्री