AnonymousUser

Logout

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २० देखि

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ।

विवादै विवादको घेरामा कार्की सरकार

प्रधानमन्त्रीले मन्त्रीका लागि छानेका नामबाट शुरू हुन थालेको विवाद प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सचिवालयमा नियुक्ति गरेको खबरसँगै सुशीला कार्कीविरुद्धै प्रश्न उठ्न थालेको छ।

निर्वाचनका लागि दल दर्ताको समय ४ दिन थपियो

आयोगमा हाल दर्ता कायम रहेका १३२ दलमध्ये ८० दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन्।

मधेश प्रदेशमा बेरोजगार युवालाई मासिक २ हजार भत्ता

१८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक दुई हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

निर्वाचन आयोगमा ६८ वटा दल दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दिउँसोसम्म निर्वाचन आयोगमा ६८ वटा दल दर्ता भएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर एमाले सर्वोच्चमा

एमालेले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले भदौ २७ मा गरेको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेको छ।

अराजक अभिव्यक्ति र आन्दोलनको धम्की दिइरहने दुर्गा प्रसाईंको शक्ति के हो?

कुनै समय सशस्त्र युद्धमा लागेका प्रसाईं शान्ति सम्झौतापछि मेडिकल व्यवसायीको रूपमा देखा परे। त्यसपछि अनेक अभियान चलाउँदै अहिले राजनीतिक दल खोल्ने प्रक्रियामा छन्। उनको यो शक्तिका पछाडि कोको छन्?

सुदन गुरूङको सक्रियताः अन्तरिम सरकारका लागि पहिले ‘हिरो’, अहिले ‘भिलेन’

आफ्नो शपथग्रहण समारोहमा सुदन र उनको समूहसँग हात उठाएर फोटो खिचाएकी र खुट्टासमेत ढोग्न लगाएकी प्रधानमन्त्री सुशीला कार्की अहिले उनलाई भेट्नसमेत किन असहज मान्छिन्?

जेन–जी आन्दोलनको हिंसा जसरी दबाइँदैछ, यसैगरी दबाइएको थियो द्वन्द्वकालका यौनहिंसा

जेन–जी आन्दोलनमा भएको हिंसाका दोषी बचाउन अहिले जे भइरहेछ, १० वर्षे माओवादी हिंसाकालका बलात्कार र यौनहिंसा जोगाउन ठ्याक्कै यस्तै गरिएको थियो। त्यसमध्ये कयौँ ‘खेलाडी’ पनि यिनै थिए।

राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाउन प्रधानमन्त्रीको पहल

गत कात्तिक २७ मा उकालोले 'प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी छ' भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

विदेशमा भएका नागरिकलाई मतदान अधिकार दिने फिलिपिन्सको मोडल

विदेशमा बस्ने नेपालीको समेत मताधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले २०७४ सालमै निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयन हुन सकेको छैन। यसमा फिलिपिन्सले अपनाएको शैली नेपालका लागि उदाहरणीय बन्न सक्छ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच बुधबार पार्टी एकता गर्नेसम्बन्धी सातबुँदे सहमति भएको हो।

निर्वाचन तयारी: थपिँदै नयाँ मतदाता र राजनीतिक दल

निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

कति सजिलो छ नयाँ राजनीतिक दल दर्ता?

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा धमाधम निवेदन पर्न थालेपछि सामाजिक सञ्जालमा ‘सजिलै दल दर्ता हुने तर कम्पनी खोल्न झन्झट भएको’ भन्दै व्यंग्य गरियो। कस्तो छ नयाँ दल खोल्ने प्रक्रिया?

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

लोसपाको नेतृत्वमा ५ दलीय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए।

कांग्रेस संस्थापन पक्षले निर्वाचनपछि महाधिवेशन गर्न चाहनुको अन्तर्य

कांग्रेस संस्थापन पक्ष महाधिवेशनलाई जसरी पनि निर्वाचनपछि धकेल्ने रणनीतिमा हुँदा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। किन महाधिवेशनको मितिमा चर्को बहस भइरहेको छ?

यस्तो रह्यो नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा (तस्वीरसहित)

सम्मेलनले पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजकमा माधव नेपाललाई चयन गरेको छ। झलनाथ खनाललाई तेस्रो वरीयता दिइएको छ।

के मतदाता नामावलीमा दर्ता हुनासाथ मतदान गर्न पाइन्छ?

१६ वर्ष पुगेसँगै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाइन्छ। तर निर्वाचन आयोगले १८ वर्ष पुगेका मतदाताको मात्र अन्तिम नामावली प्रकाशित गर्छ। कसरी हुन्छ नाम दर्ता?