AnonymousUser

Logout

बेमौसमी वर्षाले कृषि उत्पादन घट्ने, साढे तीन अर्बभन्दा बढीको क्षति

कृषि मन्त्रालयमा बुझाइएको प्रतिवेदनअनुसार, बेमौसमी वर्षाबाट प्रभावित पाँच वटा प्रदेशमा विशेषगरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब एक लाख २७ हजार ३८३ मेट्रिक टन उत्पादन घट्ने देखिन्छ।

नेपाल चाइनिज ताइपेसँग पराजित

इन्डोनेसियामा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको छ।

काठमाडौँ महानगरमा आगलागीजन्य घटना नियन्त्रण गर्न ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा

पञ्चकुमारी मार्गस्थित जनगल्लीसम्म बिछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षणपछि उक्त प्रणालीमार्फत काम शुरू गरिएको काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागका विष्णुप्रसाद जोशीले जानकारी दिए।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो।

रोसिङटनको शतकमा पोखराको जित, कर्णाली ३४ रनले पराजित

पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रन मात्र बनाउन सक्यो।

वाइडबडी प्रकरण: अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा दियो पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

एआईले धनी–गरिबको असमानता अझ बढाउन सक्ने चेतावनी

प्रतिवेदनका अनुसार, एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकता र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो असमानतालाई घटाउने ठोस कदम नचालेसम्म यस प्रविधिको अधिकांश लाभ धनी राष्ट्रहरूले नै प्राप्त गर्ने सम्भावना बढी छ।

कारको ठक्करबाट १ जनाको मृत्यु, ट्राफिक प्रहरीसहित २ घाइते

काठमाडौँको केशरमहलमा भएको कार दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने ट्राफिक प्रहरीसहित दुई जना घाइते भएका छन्।

देवी भट्टचन जोडिएको मुद्दामा एक जना पुर्पक्षका लागि थुनामा, अर्का एक जनासँग धरौटी माग

प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवी भट्टचन जोडिएको मुद्दामा अदालतले प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने पूर्वशेयरधनी रामबाबुप्रसाद जयसवालसँग सात लाख धरौटी माग गरेको छ।

प्रभु बैंक घोटालाः सीईओ शेरचनले पक्राउ पर्नुअघि जोगिनलाई जे गरे

पूर्वअध्यक्ष भट्टचन पक्राउ परेपछि प्रभु बैंकका सीईओ शेरचनले सीआईबीको अनुसन्धान रोक्न र आफू पक्राउ पर्नबाट जोगिन अनेक चलखेल गर्दै अदालतबाट निषेधाज्ञाको आदेश ल्याउनेसम्मका काम गरेका थिए।

भोजपुरमा एम्बुलेन्स दुर्घटना, गम्भीर घाइते दुवैलाई काठमाडौँ रेफर

एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

जाडो बढ्दै जाँदा भरतपुर अस्पतालमा रुघाखोकीका बिरामीको चाप उच्च

बालरोग विशेषज्ञ डा. खेम पौडेलका अनुसार चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँडडुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने तथा झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले बालबालिकालाई मौसमी रोगबाट बचाउन सकिन्छ।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट, ४ अर्ब ४८ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको हो।

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित

साबिक विजेता जनकपुर बोल्ट्सले एनपीएलको जारी संस्करणमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।

बाजुराको मार्तडीमा आगलागी, फर्निचर उद्योग र ग्यारेजमा क्षति

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ।

३ दिनदेखि बेपत्ता व्यक्तिको गाडीसहित शव फेला

शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा इन्ट्री भएपछि उनी त्यही रातदेखि सम्पर्कविहीन भएका थिए।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २० देखि

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ।

हङकङ आगलागी छानबिन गर्न स्वतन्त्र समिति गठन हुने

भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरी गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले न्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गर्ने तयारी छ।

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

वन्यजन्तु शिकार–तस्करीका नामुद अभियुक्तहरू कारागार बाहिरै, संरक्षणमा बढ्यो चुनौती

जेन–जी आन्दोलनका बेला कारागारबाट भाग्नेहरूमा गैँडालगायत वन्यजन्तुको शिकार–तस्करीमा संलग्न कुख्यात अभियुक्तहरू पनि छन्। उनीहरू समाजमा फुक्काफाल हुँदा संरक्षणमै चुनौती थपिएको छ।