रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर अस्पतल पुग्नेमध्ये ८० प्रतिशत बिरामी १० वर्ष मुनिका बालबालिका रहेका छन्।
विशेषज्ञ चिकित्सक अभाव भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रदान भइरहेको कलेजो प्रत्यारोपण सेवा रोकिएको छ।
तिलगंगा आँखा प्रतिष्ठानले करिब पाँच हजार जनालाई समेटेर गरेको ‘काठमाडौँकेन्द्रित आँखा अध्ययन’ले नसर्ने रोगबाट पीडित व्यक्तिमा आँखामा हुने समस्याको जोखिम बढी हुने देखाएको छ।
प्रसूति सेवा बन्द हुँदा म्याग्दीसहित मुस्ताङ, पर्वतको जलजला र बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन्। प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने अवस्था आएको छ।
भोजपुर अस्पताल भौतिक रूपमा सुविधासम्पन्न भए पनि जनशक्ति अभावका कारण समय र पैसा खर्च गरी धरान, विराटनगर, काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन।
बाल तथा मातृस्वास्थ्य सुधार गर्न वैदेशिक सहायतामा चलेका पोषणसम्बन्धी कार्यक्रम अचानक बन्द भएपछि नवजात शिशु र आमा जोखिममा परिरहँदा सरकारले ती कार्यक्रमलाई निरन्तरता दिन सकेको छैन।
आँखा शिविरमा १ हजार ६०० भन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन्। तीमध्ये २०५ जनाको मोतियाबिन्दु र चार जनाको साधारण शल्यक्रिया गरिएको हो।
मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ।
दिवसका अवसरमा ‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम हुने जनाइएको छ।
आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम तथा अन्धोपनाबाट धेरैभन्दा धेरै जनसंख्यामा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।
कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकी कार्य योजनासहितको प्रतिवेदन बुझाउने जनाएको छ।
नेपालमा दर्ता नभएका एन्टिबायोटिक आयात गर्न किर्ते कागजात बनाउने व्यवसायी हेमराज बडाल प्रहरी अनुसन्धानमा छन्। तर ती औषधि भित्र्याउँदा कारबाही नचलाउने सरकारी अधिकारी अनुसन्धानको दायरामै छैनन्।
त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममै औषधि सिफारिस गर्न चिकित्सकहरूलाई निर्देशन दिएसँगै औषधिको गुणस्तरको प्रश्नसमेत पेचिलो बनेको छ।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।
सीटीभीएस तथा न्युरो सर्जनको अभाव जेन–जी आन्दोलनले फेरि उजार गरेको छ। विशेषज्ञ सर्जन नहुँदा देशकै ठूला अस्पताल पुगेपछि पनि समयमै उपचार नपाएर कतिपय घाइतेको ज्यान गयो।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको स्वास्थ्यमन्त्रीमा मिश्राको नाम पनि चर्चामा आएको थियो। तर अख्तियारले उनीमाथि छानबिन गरिरहेकाले तत्काल उनको नियुक्ति रोकिएको थियो।
बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एकपटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर नचाहिने जनाएको छ।
प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ।
परिवार कल्याण महाशाखाका अनुसार खोप अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि शुरू भई तिहारअघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
विभागले बालबालिकाका लागि प्रयोग हुने कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।