AnonymousUser

Logout

चिसोसँगै मुस्ताङमा बढ्यो निमोनियाको समस्या

रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर अस्पतल पुग्नेमध्ये ८० प्रतिशत बिरामी १० वर्ष मुनिका बालबालिका रहेका छन्।

कमला नदीमा १४ वर्षदेखि पुल अधुरै, ‘डाइभर्सन’ निर्माण गर्न ठेक्का आह्वान

पक्की पुल विगत १४ वर्षसम्म अधुरै रहँदा, अहिले पनि स्थानीय जोखिम मोलेर युवाले बनाएको काठको पुल तथा डुंगाको भरमा आवतजावत गर्न बाध्य छन्।

हेटौँडामा सडक विस्तारका लागि ५३१ संरचना हटाउन डोजर चलाउने तयारी

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५३१ घरटहरा तथा संरचना भत्काउनुपर्ने छ।

दल दर्तासहित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय राजनीतिक यात्रामा

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले नेपालको इतिहासमा पहिलोपटक आफ्नै राजनीतिक दल दर्ता गरेको हो।

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

आइतबार मध्यान्ह १२:९ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

वीरगन्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम आयात

वीरगन्ज भन्सार कार्यालयका चालु आवको कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य पर्ने २ लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।

बागलुङको स्वास्थ्य चौकी भवन ३ वर्षदेखि अलपत्र

निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ। भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ।

हेटौँडामा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

पशुपतिनगरबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो।

नेपालबाट थप  २० मेगावाट बिजुली लैजान बांग्लादेश सहमत

२०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो। सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बांग्लादेश निर्यात भइरहेको छ।

‘गुजाराको आधार सडकपेटी’

मिथिला–१० की सरिता दास १० वर्षयता बर्दिबास–जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेकी छन्। पेसा गरिरहेको स्थानबाट हट्न बेलाबेला दबाब आए पनि उपयुक्त ठाउँ नहुँदा सर्न सकेकी छैनन्।

शोभाकलीले जन्माइन् सातौँ छावा, नाम राखियो भुपेन्द्र गज

छावाको जन्म भएको आज ११औँ दिन औपचारिक रूपमा नामकरण गरिएको हो। भुपेन्द्र गजले प्रतिदिन १२ लिटर दुध सेवन गर्छ।

स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, मधेशका स्थानीय तहविरुद्ध धेरै उजुरी

मुलुकभरबाट परेका १९ हजार ९३३ उजुरीमध्ये सात हजार ७२ उजुरी मधेश प्रदेशका मात्रै छन्। अधिकांश उजुरी सार्वजनिक खरिदसँग सम्बन्धित छन्।

मुस्ताङबाट ६२ करोड ८२ लाख रुपैयाँको आलु बिक्री

मुस्ताङमा गत वर्ष प्रतिकिलो ६० रुपैयाँमा आलु बिक्री भएकामा यस वर्ष ६५ रुपैयाँ रहेको छ।

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

बन्दिपुर भ्रमण गर्न आउनेमध्ये चिनियाँ पर्यटकको संख्या धेरै छ। त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन्।

कोप–३०ः तापक्रम १.५ डिग्रीमा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

सम्मेनलस्थलमा अधिकारकर्मी र आदिवासी समुदायले आफ्ना हक अधिकार तथा जीवाश्म इन्धन अन्त्यको मागसहित प्रदर्शन गरेका थिए।

३२ सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ।

केरुङ नाका ५ महिनादेखि बन्द, चीनबाट सामान आयतमा समस्या

कोरोला नाका चिसो बढेकाले गाडी ‘स्टार्ट’ गरेर राख्नुपर्ने बाध्यताले गर्दा तेलसमेत धेरै खर्च हुने गरेको व्यवसायी बताउँछन्। केरुङ नाका चाँडो खोल्न सके सामान आयातमा सहज हुने व्यवसायीहरूको भनाइ छ।

कहिले पूरा हुन्छ बीपी राजमार्ग पुनर्निर्माण?

काभ्रेपलान्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मंगलटार, नार्के गिम्दी क्षेत्रबाट राजमार्गको स्थायी पुनर्निर्माण भइरहेको छ।

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द

प्रसूति सेवा बन्द हुँदा म्याग्दीसहित मुस्ताङ, पर्वतको जलजला र बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन्। प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने अवस्था आएको छ।

दुहबीस्थित जुट मिलमा आगलागी, नियन्त्रणमा लिन ८ दमकल परिचालित

आगो नियन्त्रणका लागि विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको छ।