Friday, March 29, 2024

-->

निफ चैत २ गतेदेखि, ३५ देशका ९५ चलचित्र देखाइने

महोत्सवमा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ।

निफ चैत २ गतेदेखि ३५ देशका ९५ चलचित्र देखाइने

काठमाडौँ– छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने भएको छ। बुधबार काठमाडौँमा आयोजित कार्यक्रमबीच निफले छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो।

कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने बताए।

उनले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको बताए। उनले विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रको ७ विधामा १४ पुरस्कार वितरण गरिने जानकारी दिए।

"५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरी विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ विधामा १४ पुरस्कार वितरण गरिने", उनले भने, "यस पटकबाट निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा गरिने छ।"

उनले यस पटकबाट निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौताअनुसार काठमाडौँको छाया सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने बताए। महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिने पनि बताए।

महोत्सवमा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ।


सम्बन्धित सामग्री