Thursday, April 25, 2024

-->

‘महाभारा’ नाटक इलाममा मञ्चन हुँदै

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको ‘महाभारा’ उपन्यासलाई निर्देशक अन्वेश राई थुलुङले नाटकमा रूपान्तरण गरेका छन्।

‘महाभारा’ नाटक इलाममा मञ्चन हुँदै

काठमाडौँ– बसन्त बस्नेतको उपन्यास महाभारामा आधारित नाटक ‘महाभारा’ बुधबारदेखि मञ्चन हुँदै छ। चेतना नाट्य समूहले नारी विकास सभागृह इलाममा नाटक मञ्चन गर्न लागेको हो। 

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको ‘महाभारा’ उपन्यासलाई निर्देशक अन्वेश राई थुलुङले नाटकमा रूपान्तरण गरेका हुन्। करिब तीन महिनासम्म कार्यशालापछि नाटक प्रदर्शन गर्न लागिएको उनले बताए। 

काठमाडौँबाहिर नाटक आयोजना गर्न सहज नहुने निर्देशक राई बताउँछन्। “केन्द्रमा जति कलाप्रतिको चेतना छ त्यो छैन। तर, पनि चेतना नाट्य समूहले प्रयास गरेको छ,” निर्देशक थुलुङले भने, “महाभारालाई नाटकमा रूपान्तरण गरी इलाममा देखाउनुकाे प्रमुख उद्देश्य मोफसलमा पनि नाटकको महत्त्व स्थापित गर्नु हो।”

यद्यपि, चर्चित उपन्यासलाई नाटकमा रूपान्तरण गर्दा भिन्नै चुनौती महसुस हुने उनले बताए। भावना मगर, प्रकाश मगर,  गोपीराज लिम्बु, दर्शन सरकार (घिमिरे), सुशान्त चापागाईं, कृष्ण मगर, प्रतिमा रिजाल लगायत कलाकारले नाटकमा अभिनय गर्नेछन्।

नाटक पुस ३० गतेसम्म प्रदर्शन हुनेछ।


सम्बन्धित सामग्री