Thursday, April 25, 2024

-->

टीका प्रसाईंले ल्याइन् ‘आश छ र त’

टीका प्रसाईंको गीत ‘आश छ र त’ सार्वजनिक भएको छ। प्रसाईंकै स्वरमा रहेको गीतको शब्द रचना र संगीत पनि उनी आफैँले गरेकी हुन्।

टीका प्रसाईंले ल्याइन् ‘आश छ र त’

काठमाडौँ– गायिका टीका प्रसाईंले ‘आश छ र त’ बोलको गीत बजारमा ल्याएकी छन्। 

उनको यो गीत उनकै युट्युब च्यानल टीका प्रसाईंबाट सार्वजनिक भएको छ। आफ्नै रचना र संगीत रहेको गीतमा उनी आफैँले स्वर दिएकी छन् भने गीतमा नरेन कुलुङ राईको पनि स्वर रहेको छ। 

विजय मगरको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रसाईं र राईले अभिनय गरेका छन्। प्रसाईं पछिल्लो पुस्ताकै चर्चित गायिका हुन्। उनको स्वरमा रहेका अधिकांश गीतहरू चर्चित छन् भने युट्युबमा पनि करोड क्लबमा समावेश छन्।


सम्बन्धित सामग्री