Saturday, April 20, 2024

-->

प्रज्ञाप्रतिष्ठानमा बिहीबारदेखि पुस्तक प्रदर्शनी

प्रदर्शनीमा २०३० देखि हालसम्म प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरू राखिने भएका छन्।

प्रज्ञाप्रतिष्ठानमा बिहीबारदेखि पुस्तक प्रदर्शनी
तस्वीरः प्रज्ञाप्रतिष्ठानको वेबसाइट

काठमाडौँ– नेपाल प्रज्ञाप्रतिष्ठानमा बिहीबार (आज) देखि पुस्तक प्रदर्शनी हुने भएको छ। 

प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुने प्रतिष्ठानले जनाएको छ। 

प्रदर्शनीमा २०३० देखि हालसम्म प्रकाशित पुस्तक तथा पत्रपत्रिका बिक्रीमा राखिनेछन्। 

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको हो।


सम्बन्धित सामग्री