Tuesday, April 23, 2024

-->

कबड्डी ४ 'सिनेमा घर'बाट हेर्न मिल्ने

अभिनेता खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताएका छन्।

कबड्डी ४ सिनेमा घरबाट हेर्न मिल्ने

काठमाडौं– नेपाली चलचित्र कबड्डी ४ 'सिनेमा घर' एप्लिकेसनबाट हेर्न मिल्ने भएको छ। बिहीबार सिनेमा घर एपका सञ्चालक र कबड्डी-४ का निर्माताले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए। उनले नेपालमा एप्लिकेसनबाट पैसा तिरेर फिल्म हेर्ने बानी बिस्तारै विकास भइसकोको बताए।

अभिनेता लामिछानेले सिनेमा घर एपमा जय भोलेरातो टीका निधारमालगायतका चलचित्र राखिसकेको र युट्युबमा कमाउनेभन्दा राम्रो कमाइ गरेको बताए। उनले नेपालीमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेसनबाट सहयोग पुगेको बताए।

अभिनेता लामिछानेले अबको ४ वर्षपछि डिजिटिल मार्केटको कमाइबाट नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्न सकिने बताए। सिनेमा घर एपमा चलचित्र कबड्डी ४ शुक्रबारबाट चल्नेछ।
 


सम्बन्धित सामग्री