Friday, March 29, 2024

-->

तस्वीरमा सकिमना पुन्ही

नेवार समुदायले सकिमना पुन्हीको दिन विशेष गरी सकि अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ।

तस्वीरमा सकिमना पुन्ही
तस्वीरहरू : अमित मचामसी

नेवार समुदायले आज सकिमना पुन्ही मनाएका छन्। हरेक कात्तिक शुल्क पूर्णिमामा नेवार समुदायले सकिमना पुन्ही मनाउँछन्। यसलाई नेपाल संवत् शुरू भएपछिको पहिलो पूर्णिमा पनि भनिन्छ। नेपाल भाषामा 'सकि' को अर्थ पिँडालु र 'मना'को अर्थ उसिन्ने हो। यसर्थ, यो पूर्णिमालाई पिँडालु उसिनेर खाने पूर्णिमा पनि भनिन्छ। सकिमना पुन्हीका अवसरमा नेवार समुदायका गुठी र दाफाभजन खलःले आ–आफ्नो टोलमा रहेका मन्दिरको अगाडि भुटेका मकै, मटमास र गहुँले देवीदेवताको प्रतिमा बनाई मालपुवा र पुरीले सजाएर भजनकीर्तन गर्ने परम्परा छ। भक्तपुरको न्यातपोल मन्दिर अगाडिको डबलीमा सकिमना पुन्ही मनाउँदै गरेका तस्वीरहरू:


सम्बन्धित सामग्री