Monday, March 24, 2025

-->

संरक्षणको पर्खाइमा राणाकालीन शालिक [तस्वीरहरू]

टुँडिखेलको चारै दिशामा निर्माण गरिएका राणाकालीन समय स्मरण गराउने शालिक संरक्षणविहीन भएका छन्।

संरक्षणको पर्खाइमा राणाकालीन शालिक [तस्वीरहरू]
तस्वीर: नेपाल न्युज बैंक

काठमाडौँ– टुँडिखेलस्थत राणाकालीन शालिक बेवारिसे बनेका छन्। मैदानको चारै दिशामा निर्माण गरिएका राणाकालीन समय स्मरण गराउने तत्कालीन प्रधानमन्त्रीका शालिक संरक्षणविहीन भएका हुन्। 

शालिक छेउछाउ अस्तव्यस्त रूपमा भौतिक संरचना निर्माण गरिएको छ। संरचना बनाउँदा संरक्षणमा ध्यान दिइएको छैन। चारैतिरबाट चेपुवा पारिएको छ। कलात्मक रूपमा निर्माण गरिएका यी शालिक राणाकालीन समयलाई सम्झिने एउटा माध्यम हुन् । एउटा कालखण्डको इतिहास हुन्। 

तर संरक्षणका लागि राज्यको ध्यान पुग्न सकेको छैन। प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा, रणोद्विप सिंह, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर तथा कमान्डर इन चिफ धीर शमशेरसम्मका शालिक संरक्षणको पर्खाइमा छन्।


सम्बन्धित सामग्री