Friday, April 26, 2024

-->

कवि विमल गुरुङ स्मृति कृति पुरस्कारका लागि पुस्तक आह्वान

‘कवि विमल गुरुङ कृति पुरस्कार–२०७९’का लागि २०७९ सालमा प्रकाशित हरेक पुस्तक चार प्रति विमल गुरुङ स्मृति पुस्तकालयको ठेगानामा पठाउनु पर्नेछ। पुरस्कारको राशी २ लाख रुपैयाँ छ।

कवि विमल गुरुङ स्मृति कृति पुरस्कारका लागि पुस्तक आह्वान

धरान– कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले विमल गुरुङको स्मृतिमा दिइने कृति पुरस्कारका लागि पुस्तकहरू आह्वान गरेको छ। ‘कवि विमल गुरुङ कृति पुरस्कार–२०७९’का लागि गत वर्षभरि प्रकाशित पुस्तक आह्वान गरिएको हो।

उक्त पुरस्कारका लागि लेखकले जुनसुकै विधाका चार वटा कृति बुझाउनुपर्नेछ। उक्त पुस्तकालयले जारी गरेको विज्ञप्तिअनुसार कृति पुस्तकालयको ठेगाना धारान–१८ बुद्धचौकमा पठाउन सकिनेछ। पुरस्कारको राशी २ लाख रुपैयाँ छ।

उत्कृष्ट ठहरिएका कृतिलाई आगामी कात्तिक १९ गते आयोजना हुने ‘कवि विमल गुरुङ स्मृति युवा कविता महोत्सव’मा पुरस्कार प्रदान गरिने जनाइएको छ। पुस्तकालयले कवि गुरुङको स्मृतिमा हरेक वर्ष कविता महोत्सव पनि आयोजना गर्ने गरेको छ।

कवि विमल गुरुङको साढे १९ वर्षको उमेरमा २०४८ वैशाख २४ गते बस दुर्घटनामा निधन भएको थियो।
 

 


सम्बन्धित सामग्री