Tuesday, April 16, 2024

-->

मण्डला थिएटरमा नृत्यमा आधारित नाटक ‘जून’को मञ्चन

नाटकमा कलाकारले परीको संघर्षरत दन्त्यकथा प्रस्तुत गर्न खोजेका छन्। नाटक वैशाख २४ सम्म मञ्चन हुनेछ।

मण्डला थिएटरमा नृत्यमा आधारित नाटक ‘जून’को मञ्चन

काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा कथक नृत्यमा आधारित नाटक ‘जून’को मञ्चन भइरहेको छ।

यसमा कलाकारले परीको संघर्षरत दन्त्यकथा प्रस्तुत गर्न खोजेका छन्। स्थेस्टिक डान्स स्टुडियोको प्रस्तुति रहेको नाटकमा सलिन मगर र शाश्वत श्रेष्ठको संगीत छ।

मेलिशा घिमिरे, कुन्ती सिमली, निकोल श्रेया तामाङ, रिजवान थापा, अनीश पुडासैनी, ज्ञानु लामा, अनामी बोहरा, प्रियंका चम्लागाईं, दिलासा गुरुङ, स्रमिस्टा दास, सुजाता दास र दृष्टि दाहालको नृत्य अभिनय रहेको छ।

नाटक वैशाख २४ गतेसम्म मञ्चन हुनेछ।

 


सम्बन्धित सामग्री