Friday, March 29, 2024

-->

तराईमा होली मनाइँदै, २१ जिल्लामा सार्वजनिक बिदा

असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा होली मनाउने चलन छ।

तराईमा होली मनाइँदै २१ जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ– देशको तराई भेगमा धूमधामका साथ होली मनाइँदै छ। तराईमा फागुन शुक्ल प्रतिपदामा होली मनाउने चलन छ।

होली असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो। असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ। होलीका अवसरमा सरकारले तराईका २१ वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ। पहाडमा सोमबार नै होली मनाइएको थियो।

पहाडी जिल्लामा सोमबार बिदा दिइएको थियो। झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर,  धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), बर्दिया, कैलाली र कञ्चनपुरमा मंगलबार सार्वजनिक बिदा दिइएको हो।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरक फरक छ। हिमाल र पहाडमा ‘फागु पूर्णिमा’ र तराईमा ‘होली’ भनिन्छ। मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ।

होलीमा मान्यजनबाट रङ, अबिर लगाएर मिठो मसिनो खाने र आशीर्वाद लिने चलनसमेत छ। 


सम्बन्धित सामग्री