Wednesday, April 24, 2024

-->

खुवालुङ नाटक समूहलाई ५१ हजार राशिको पुरस्कार

किराँत सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै खुवालुङ नाटक समूहलाई जरोकिलो महाअभियानले पुरस्कृत गरेको छ।

खुवालुङ नाटक समूहलाई ५१ हजार राशिको पुरस्कार
तस्वीर: मन्डला थिएटर

काठमाडौँ– खुवालुङ नाटक समूहलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

किराँत सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै जरोकिलो महाअभियानले सातौँ स्थापना दिवसका अवसरमा सो पुरस्कार प्रदान गरेको हो। नाटकका निर्देशक किरण राईलाई महाअभियानका डा. निर्मलमणि अधिकारीले पुरस्कार रकम हस्तान्तरण गरे।

नाटक समूहले नेपालको भाषिक, धार्मिक, सांस्कृतिक र क्षेत्रीय विविधताका सम्बन्धमा काम गरेको महाअभियानले जनाएको छ। नाटकका निर्देशक राईले जरोकिलो महाअभियानले नेपालको मौलिक धर्म, संस्कृति, परम्पराको संरक्षणमा उदाहरणीय काम गरेको बताए। कार्यक्रममा मौलिक ‘धाँ’ बाजाका प्रशिक्षक तथा प्रशिक्षार्थीलाई सम्मान पत्रसमेत प्रदान गरिएको थियो।

मौलिकतामा आधारित चुनावी गीत सिर्जना गर्ने व्यक्तित्वलाई पनि सोही अवसरमा कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सनातन धर्म महासंघ नेपालका अध्यक्ष डा। माधवप्रसाद लामिछानेलगायतले सनातन संस्कृतिको संरक्षणमा महाअभियानले काम गरिरहेको बताए।


सम्बन्धित सामग्री