मिति यकिन नभएको

सीताराम भन्ने गणेश दास ब्रम्हचारीबाट रामजानकी मन्दिर स्थापना

१९९० मंसिर २०

जग्गा दानपत्रमार्फत पुजारी कैलाश सुकुल ब्राम्हणलाई हस्तान्तरण

२०१६ वैशाख ६

बकसपत्रमार्फत विक्रमा सिंह भुमिहारलाई जग्गा हस्तान्तरण

२०३६ चैत ६

बकसपत्र लिखतमार्फत सुन्दरलाल भवनानीलाई जग्गा हस्तान्तरण

२०४४ असार ७

विक्रमा सिंहको नामको जग्गा विवाद,सर्वोच्च अदालतबाट मिलापत्र गर्न आदेश

२०४५ कात्तिक २१

विक्रमा सिंहका अंशियारबीच मिलापत्र

मिति यकिन नभएको

मिलापत्रविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

२०५० असार १४

सुन्दरलाल भवनानीसँग गरिएको बकसपत्र र त्यसपछि जग्गा अंशबन्डा गर्ने मिलापत्र दुवै पर्सा जिल्ला अदालतबाट बदर

२०५० माघ २३

पुनरावेदन अदालतबाट जिल्लाकै फैसला सदर

२०५५ पुस २४

सर्वोच्च अदालतबाट पनि जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर

मिति यकिन नभएको

१ नम्बर नापी गोश्वारा पर्साबाट रामजानकी मन्दिरको नामको ३ कठ्ठा जग्गा मन्दिरकै संरक्षणमा रहने गरी जिल्ला बालकल्याण समिति पर्सालाई हस्तान्तरण

मिति यकिन नभएको

जिल्ला बाल कल्याण समितिबाट जग्गाको संरक्षिकामा हिरादेवी ब्राम्हणी र सुशिलादेवी ब्राम्हणी, पुजारीमा धीरनारायण शर्माको नाम कायम

मिति यकिन नभएको

जिल्ला प्रशासन कार्यालय, पर्साले मन्दिरको सञ्चालन समिति गठन गर्न खोजेको

२०५६ साल

कैलाश सुकुलकी पत्नी एवं हिरादेवीकी छोरी सुशिलादेवी ब्राम्हणी र उनका छोरा धीरनारायण शर्माले जिल्ला प्रशासन कार्यालयविरूद्ध पुनरावेदन अदालत हेटौँडामा मुद्दा दर्ता गरेको

२०६० जेठ ६

पुनरावेदन अदालतबाट समिति नबनाउन निषेधाज्ञाको आदेश जारी

२०६१ साल

वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवकुमार कार्कीद्वारा शुशिलादेवी ब्राम्हणीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

२०६३ कात्तिक १५

सर्वोच्चबाट मन्दिरका नाममा रहेको जग्गाका संरक्षकहहरू हिरादेवी ब्राम्हणी सुशिलादेवी ब्राम्हणी र पुजारी धिरनारायण भएको फैसला

२०६८ साउन २४

गुठी संस्थानले सुशीला देवी ब्राह्मणी र धिर नारायण शर्मालाई गुठियार कायम गरेको

२०६९ साउन १

सर्वोच्च अदालतको २०५५ पुस २४ गतेको फैसलाबमोजिम रामजानकी मन्दिरको जग्गा कुनै बहानामा बिक्री वा हक हस्तान्तरण वा धितो बन्धकी राख्न नपाउने भएकाले संरक्षिका वा पुजारीको नाम श्रेस्ताबाट हटाउन मालपोत कार्यालय पर्सा, वीरगन्जलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लिखित आदेश

२०७९ चैत ८

वीरगन्ज महानगरपालिकाद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएर रामजानकी मन्दिरको लालपुर्जा र लगतमा लेखिएको पुजारी र संरक्षकको नाम कट्टा गरी सर्वोच्च अदालतको फैसलाअनुरुप पुर्जा जारी गर्न अनुरोध

२०७९ चैत २१

पर्साको भूमि सुधार तथा मालपोत कार्यालयले बबरमहलस्थित भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत तथा भूमि सुधार शाखामा जग्गाको बारे खुलाएर पठाएको