Monday, January 13, 2025
20
अध्यादेशबाट विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीको मुद्दा टुंग्याउन ४ वर्षसम्म किन विलम्ब भयो? वर्तमान प्रधानन्यायाधीशले देखाएको अग्रसरतासँगै रिट निवेदक कानून व्यवसायी आशावादी बनेका छन्।
2025-01-07 20:05:00
महाकाली सन्धि भएको करिब तीन दशक बितिसक्दा पनि शारदा बराजबाट नेपालतर्फ पानी पठाउन भारतले लिंक नहर बनाएको छैन। जबकि, सन्धिमा भारतले त्यतातर्फको ११ सय मिटर नहर बनाउनु पर्ने उल्लेख छ।
2025-01-03 12:34:00
शुरुआतमा ११ अर्ब रहेको आयोजनाको अनुमानित लागत सरकारले न्यून बजेट बिनियोजन गर्दा अहिल्यै ३५ अर्ब पुगिसकेको छ। त्यसमाथि निर्माण भइसकेको खण्डमा भारतले पानी छाड्नै मानेको छैन।
2025-01-01 17:35:15
गड्डाचौकी नाकादेखि उत्तराखण्डस्थित भारतकै ठूलो रूद्रपुर औद्योगिक क्षेत्र ९० किमी र दिल्ली ३२७ किमी दूरीमा छन्। तर नेपालतर्फ पूर्वाधार नबन्दा सुदूरपश्चिमबाट अहिलेसम्म सिधै कारोबार हुन सकेको छैन।
2024-12-27 16:07:06
नेवानिका दुई वाइड बडी विमान खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको विशेष अदालतले फैसलामा अख्तियार प्रमुख प्रेम राईमाथि प्रश्न उठाउँदै न्यायिक टिप्पणी गरेको छ। के हो त्यो टिप्पणीको अर्थ?
2024-12-06 20:13:00
‘कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्ष र सचिवालय त्यहीअनुरूप हुनुपर्यो’ भन्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले भत्काउन लागिएको भवनमा मर्मतका नाममा ४९ लाख रुपैयाँ खर्च गराएको छ।
2024-12-05 20:12:00
यही आइतबार हुने स्थानीय तहको उपनिर्वाचनमा अरूभन्दा धेरै चर्चामा रहेको कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजमान महर्जन प्रमुख दलहरूलाई चुनौती बनेर उभिएका छन्।
2024-11-28 18:10:00
तीन दशकदेखि कीर्तिपुर नगरपालिका क्षेत्रमा मत माग्ने हरेक उम्मेदवारले खानेपानी समस्या समाधान गर्ने वाचा गर्छन्। यस पटकको उपनिर्वाचनमा पनि कीर्तिपुरका प्रमुख पदका उम्मेदवार यही मुद्दा अघि सारिरहेका छन्।
2024-11-28 11:08:30
संसद्मा झन्डै दुई तिहाइ बहुमतप्राप्त कांग्रेस र एमालेसहितको बलियो ठानिएको सरकार नियमित नियुक्ति र बढुवाका कामसमेत गर्न सकिरहेको छैन। यसपछाडि जोडिन्छ, भागबन्डा र ‘आफ्ना’लाई च्याप्ने स्वार्थ।
2024-11-26 19:08:36
ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा र अरू जिल्लामा समेत अनुसन्धान अघि बढेपछि उनको हिरासत बसाइ र मुद्दाप्रक्रिया थप चासोको विषय बनेका छन्।
2024-11-22 18:26:01
वन मासेर भ्रष्टाचार गरेको कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरेको कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह कानूनबमोजिम पार्टी सदस्य बन्नसमेत अयोग्य छन्। तर उनले पद गुमाउनु परेको छैन।
2024-11-17 13:10:08
डीआईजीमा बढुवा हुन तीन ब्याचका प्रहरी अधिकृतहरूको ‘लबिइङ’पछि सरकारले दरबन्दी थप्ने प्रक्रिया थालेको छ। गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएमा डीआईजीको बढुवा प्रक्रिया अघि बढ्ने छ।
2024-11-15 19:50:00
राज्यसंरक्षित मानवतस्करी, नक्कली शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्ने आदेशविरुद्ध पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गत फागुनमै गरेको खुलेको छ।
2024-11-10 13:07:02
राजनीतिक नेतृत्व रिझाएर लामो समय सूचना प्रविधि र सुरक्षण मुद्रणको क्षेत्रमा लुट मच्चाएका विकल पौडेलले खेपिरहेका ६ वटा मुद्दा राजनीति संरक्षित उनको ‘नेक्सस’ बुझाउन पर्याप्त छन्।
2024-11-06 19:45:10
नेपाल प्रहरीले अपराध अनुसन्धानका क्रममा ‘क्लु’ नभेटेर हैरानी खेपिरहेका बेला प्रहरीकै कुकुरले दिने संकेत अनुसन्धानमा कोशेढुंगा बनिरहेका छन्, कसरी?
2024-10-31 10:10:16
प्रहरीले सहकारी प्रकरणमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई अनुसन्धानको दायरामा तान्न उनका बैंक खाताको विवरण खोतल्न शुरू गरेको छ।
2024-10-30 18:35:10
विशेष अदालतमा अहिले ६२ थान मुद्दा विचाराधीन छन्, जसमध्ये एउटा मात्र ६ महिना नाघेको छ। अध्यक्ष टेकनारायण कुँवर भन्छन्– विशेष अदालतलाई ‘स्मार्ट कोर्ट’ बनाउन खोजिरहेका छौँ।
2024-10-21 18:05:06
ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले लामिछानेलाई अझै एक महिना हिरासतमै राख्न सक्छ। सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढे हिरासत अवधि अझै लम्बिन सक्छ।
2024-10-19 21:34:58
सर्वोच्चले कतिपय राजनीतिक मुद्दा सुनुवाइमा आलटाल गर्ने र सन्दर्भ सकिएपछि रिट खारेज गरिदिने अभ्यास छ। चार जना प्रधानन्यायाधीशको अवकाश भइसक्दा पनि किन टुंगिएन संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दा?
2024-10-08 18:00:00
संविधानले गरेको मार्गनिर्देश र न्याय प्रशासन ऐनको अपुरो व्यवस्थाकै भरमा चल्दै आएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीशको ‘तजबिज’ रोक्ने स्पष्ट कानून अत्यावश्यक भइसकेको छ।
2024-10-01 19:25:00
भवानी बराल
एलिसा एकलास
झलक सुवेदी
उकालो
शुभाष चन्द्र पोख्रेल
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।