Sunday, May 28, 2023
20
नक्कली शरणार्थी प्रकरणमा मुद्दाको अभियोजन नहुँदै मिसिलमा संलग्न प्रमाणको डिजिटल कपी बाहिरिएको घटनाले प्रहरीमा नेतृत्वलाई ‘कू’ गर्न खोज्ने यसअघि पनि देखिँदै आएको प्रवृत्ति दोहोरिएको टिप्पणी भइरहेको छ।
2023-05-25 10:39:05
२०७४ सालको चुनावअघि समानुपातिक सूचीमा आफ्नो नाम पुछारतिर परेपछि मञ्जुले बालुवाटारमै बबण्डर मच्चाएकी थिइन्। त्यसको पाँच वर्षपछि संसद् छिरेरै छाडेकी उनी नक्कली शरणार्थी प्रकरणले 'चर्चा'मा आइन्।
2023-05-22 17:24:00
सत्तामा पहुँच हुने स्रोतअनुसार टेकनारायण देउवाका नातेदार भूषणका सहयोगीमार्फत देउवा परिवारमा पहुँच पुर्याइ गृहमा पुगेका थिए। यसैले राज्यप्रायोजित मानवतस्करीको जालो कताकता फैलिएको छ अनुमान गर्न सकिन्छ।
2023-05-12 19:40:46
लकडाउनमा थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ अग्रवाल पक्राउ परेपछि उनी सम्बद्ध शंकर ग्रुपले बनाएको समूह रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी हुँदा प्रतिस्पर्धी विशाल ग्रुपले ‘हात उठाएको’ छ।
2023-04-28 15:55:09
अर्थतन्त्र नाजुक देखिँदैगर्दा अर्थमन्त्री डा. महतलाई ‘कास्टिङ’मै निरीह बनाइन लागेको लक्षण देखिँदैछ। बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा टिमै बनाउन व्यवधान खडा गरिएपछि उनी तनावमा देखिन थालेका छन्।
2023-04-09 18:19:03
‘दाइ, भाउजू, सालो र भतिजको अक्षम गिरोह’ आरोपित कांग्रेसमा हाबी नेतृत्वलाई स्वर्णिमहरू आउन्–जाउन् बालै हो। अझै खुशी नै हुनेछन्। तिनका लागि पद र त्यससँगै पैसा र शक्ति प्राप्त गर्नु जीवनको ध्येय हो।
2023-04-01 17:36:58
एमालेसहितको गठबन्धन गरी प्रचण्ड प्रधानमन्त्री भएपछि आईजीपी धीरजप्रताप र उत्तराधिकारी ब्याच एन्ड कम्पनीका अधिकृतहरूले पनि गठबन्धन गरेर सेवा अवधिको वर्तमान प्रावधान खारेजीको लागि देउसी–भैलो थालेका थिए।
2023-03-21 19:40:01
भन्सारमा पामनट घोषणा गरिएको वस्तु बाहिर निस्किँदा सुपारी हुन्छ, चामल घोषण गरिएको वस्तु चिनी हुन्छ। कर्मचारीले तस्करसँग मिलेमतो गरेर खल्ती मोटो बनाउँदा सरकार लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन।
2023-03-15 18:59:03
हारको कालो बादल मात्र मडारिइरहेको चुनावमा उम्मेदवार हुन अरुचि देखाएका रामचन्द्रले १४ वर्षको ‘वनवास’पछि जितका लागि चाँदीको घेरा मात्रै देखिएको चुनावमा उम्मेदवार हुँदै राष्ट्रपतिमा निर्वाचित भएका छन्।
2023-03-09 18:35:00
ओलीले माधव नेपाललाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने भनेर ढोक्सा थापे। यस्तो अवस्थामा कांग्रेस–माओवादीबाहेक पनि बहुमत पुग्नसक्थ्यो। त्यो थाहा पाउने बित्तिकै प्रचण्डले जवाफी फायरिङ खोलेका थिए।
2023-03-01 21:20:07
प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’ मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्।
2023-02-17 19:27:28
रविको पत्रकार सम्मेलनमा बजेको घण्टीको आवाजलाई आत्मसमीक्षाको मौका मानियो भने पत्रकारिता क्षेत्र नै लाभान्वित हुनेछ। पर्चाकारिताजस्तो सुनिने जवाफी ‘फायरिङ’मा सीमित रहे आफ्नै लागि घातक हतियार बन्नसक्छ।
2023-02-07 19:27:02
नागरिकता पुनः प्राप्त गर्नासाथ दोहोर्याएर गृहसहितको उपप्रधानमन्त्रीमा सपथ गराउन रवि लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ त गरे, प्रधानमन्त्रीले सिधै इन्कार गरी ‘नाकको डाँडीमै फ्लाइङ किक’ हान्दिए।
2023-02-03 18:48:12
भारतमा नेपालको सत्ता राजनीतिमा हस्तक्षेप गर्ने समानान्तर दुइटा शक्ति केन्द्र छन्। एउटाको नेतृत्व विदेशसचिव विनयमोहन क्वात्राले गरिरहेका छन् भने अर्काको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्छन्।
2023-01-26 07:00:00
पृथ्वीबहादुर शाहको समूहका नाममा २२ वटा कम्पनी अस्तित्वमा देखिएका छन्। तीमध्ये १४ वटा कम्पनीका खातामा चार वर्षमा विदेशबाट करिब ६३ करोड रुपैयाँ भित्रिएको छ।
2023-01-10 10:59:02
कांग्रेसको पार्टी सभापतिमा दोस्रो कार्यकाल चलाइरहेका देउवा सत्ताका लागि ‘जे पनि गर्ने’ नेताको रूपमा चिनिन्छन्। तर उनकै हुस्सुपना र हठका कारण अहिले कांग्रेस मैदानको खेलाडीबाट बेञ्चमा 'बेल्गिएको' छ।
2022-12-30 18:23:53
कोर मधेशमा कमजोर एमालेलाई मधेश विरोधी ट्याग पनि थियो। प्रतिकूल अवस्थामा पनि ओलीले मधेशलाई काफी प्राथमिकता दिए। तर शेरबहादुर देउवाले न मधेशमा संगठन बनाउन रुची देखाए, न चुनावमा प्राथमिकतामा राखे।
2022-12-09 20:41:26
प्रतिनिधिसभामा नातागोताको लामो श्रृङ्खला चल्नुको पछाडि ‘विरासत’को राजनीति मात्र छैन, पुरानो पुस्ताले ओगटिरहन खोज्ने र नयाँ पुस्ताले चुनौती दिने क्रम पनि शुरू भएको छ।
2022-12-01 12:31:11
मतदातामा भ्रष्टाचारको नयाँ मानक खडा गरिरहेको सरकारप्रति चरम असन्तुष्टि रहेका बेला सत्ता चाहिँ सामाजिक सञ्जालमा ‘साइबर स्वाँठ’हरू प्रयोग गरेर सत्ताको भक्ति नगर्ने जोकसैलाई दुत्कारिरहेको थियो।
2022-11-28 07:00:00
रवि लामिछानेको ‘चुनावी गति’ पछ्याउँदै चितवनबाट सप्तरी पुग्दा उनका ‘क्रेजी फ्यान’ प्रशस्तै भेटिए। प्रशंसकको शुभेच्छा मतमा बदल्ने चुनौतीबीच उनी भन्छन्– प्रतिपक्षीको भूमिकाको डेमो देखाउन चाहन्छु।
2022-11-16 13:52:14
कुरोग्राफर
आमोद प्याकुरेल
उकालो
किशु कुइँकेल
दिन
घन्टा
मिनेट