बुधबार बसेको एमालेको सचिवालय बैठकले पार्टीका तीन जना सदस्यलाई कारबाहीको निर्णय गरेको हो।
काठमाडौँ– नेकपा एमालेले आफ्नो पार्टीका तीन जना सदस्यलाई कारबाहीको निर्णय गरेको छ।
बुधबार बसेको सचिवालय बैठकले नेता भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ। पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, "कमरेड भीम रावलले पार्टी बलियो बनाउनेभन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले अभिव्यक्ति दिएका हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ।"
सचिवालय बैठकले रावलसहित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई पनि कारबाही गरेको छ।
केही समय पहिले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा पाण्डे र तिम्सिनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै दुवै जनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
