रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
सोमबार दिउँसो बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।
सभापति रवि लामिछानेले तोकेर पठाएअनुसार अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बारेमा बैठकमा जानकारी गराइएको रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
रास्वपाको विधानतः ज्येष्ठ उपसभापति या पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ।
पार्टी सभापति लामिछानेविरुद्ध विभिन्न अभियोग लगाइ सरकारले कास्की जिल्ला अदालतमा दर्ता गरेको मुद्दाका विषयमा समेत छलफल गरेको थियो। पार्टीले अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णयसमेत गरेको छ।
“यस मुद्दामा सम्मानित न्यायालयबाट न्याय पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण विश्वास राख्दछ,” कार्यवाहक प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पार्टी सभापति लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको थियो।
आइतबार नै सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले संघीय संसद् सचिवालयलाई पत्र पठाएको छ। लामिछानेको सांसद पद निलम्बनबारे अहिलेसम्म सभामुख देवराज घिमिरेले कुनै निर्णय गरेका छैनन्।
यसैबीच सोमबार नै रास्वपा नेताहरूले सभामुख घिमिरेलाई भेटेर कास्की प्रहरीले पठाएको पत्रबारे ध्यानाकर्षण गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
